पौष
शुल्क पुर्णिमा देखि सुरु भएको
श्री माधव नारायण र
श्री स्वस्थानी ब्रताका
लागि काठमाडौँ को साँखु स्थित
शालीनदी मा इस्नान गर्नेहरुको
भिड लाग्ने गर्दछ। एक महिनासम्म चल्ने
स्वस्थानी ब्रत अवधिभर शाली
नदीमा ब्रतालुहरुको घुइँचो लाग्ने गर्दछ । परापूर्वकालदेखि नै
धार्मिक इतिहास बोकेको शालीनदीमा देशका कुना कुनाबाट मात्र
नभई छिमेकी राष्ट्र भारतबाट समेत हिन्दु धर्मावलम्बीहरु
स्नान गर्न आउने गर्दछन्
।
स्वस्थानी
ब्रतकथामा उल्लेख भए अनुसार विवाहिता
महिलाले एक महिनासम्म विधिपूर्वक
स्वस्थानी माताको पूजा आराधाना गरे
श्रीमानको आयु बढ्ने र
अविवाहितले सुयोग्य वर पाउने धार्मिक
विश्वास छ । एक
महिनासम्म श्री स्वस्थानी व्रत
कथा श्रवण गरे मात्रै पनि
शुभ फल प्राप्त हुने
विश्वास गरिन्छ ।
स्वस्थानी
ब्रतकथासँग जोडिएको शालीनदीमा हरेक वर्ष एक
महिनासम्म मेला लाग्दछ ।
पूर्वी काठमाडौको साँखुस्थित शाली नदीमा मेला
भर्न किशोर, किशोरी, बालक, बृद्ध र सन्तमहन्तहरुको समेत
भीड लाग्ने गरेको छ ।
0 Comments